Shittalpati
पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । खानिछाप बस्ने ४८ वर्षीय रोमन सिं सारुको रुखबाट लडेर शुक्रबार मृत्यु भएको हो ।
सारुघर नजिकै रहेको जंगलमा कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा अचानक रुखबाट खस्न गई घाईते भएका थिए । उनको उपचारको लागि युनाईटेड मिसन अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update