Shittalpati
पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर अन्तर्गत रातचौरको स्यालामा सोमबार राति गएको पहिरोमा बेपत्ता बनेका २ जना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएर वेपत्ता बनेका स्थानीय ३८ वर्षका प्रेमबहादुर कुमालको शव मंगलबार विहान खोजतलास गर्ने क्रममा नेपाली सेना, शसस्त्र र प्रहरीको टोलीले मृत अवस्थामा फेला पारेको हो ।

पहिरोमा परेर स्थानीय ५ वर्षका सफल कुमाल अझै बेपत्ता बनेका छन् । सडकमा हिड्दै गरेको अवस्थामा सडक माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको थियो । पहिरोमा परेर एक जना घाईते भएका छन् । घटनाको जानकारी पाएपछि तत्कालै प्रहरी टोली घटना स्थलमा पुगेको थियो । पहिरोमा पुरिएर बेपत्ता बनेका बालकको अहिले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update