Shittalpati
पहिराले पाँच घर पुर्‍यो, एक बेपत्ता

गलकोट । अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिको पहिराले पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । पहिराले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीका घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ । –रासस

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update