Shittalpati
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते

पाल्पा । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् । लु ३६ प ४५८० न.को मोटरसाइकल आफै अनियन्त्रित भई नालीमा पल्टन जाँदा पन्थी घाइते भएको प्रादेशिक प्रहरीले जनाएको छ । उनको टाउको र दुवै खुट्टामा चोट लागेको छ । घाइते पन्थीको अहिले लुम्बीनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update