Shittalpati
तानसेनमा खाना पकाउने ग्यास लिग हुँदा जलेर एक व्यक्तिको मृत्यु

पाल्पा/जिल्लाको तानसेनमा खाना पकाउने ग्यास लिग भई आगालागी हुँदा जलेर एक व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने ५२ वर्षका अमर गिरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश पाँचको प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

गत भाद्र २० गते घरमा खाना पकाउने क्रममा ग्यास लिग भई आगालागी हुँदा गिरी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिशन अस्पतालमा लगिएको थियो । अस्पतालले भाद्र २१ गते थप उपचारका लागि कृतिपुर मोडेल अस्पताल काठमाडौ रिफर गरेको थियो । कृतिपुर अस्पतालले उपचारपछि उनलाई २४ गते फिर्ता पठाएको हो । गिरीको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले पुनः मिशन अस्पताल लगेका थिए । उनको आज विहान १ः२५ बजेको समयमा डा.ले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update