Shittalpati
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन भनि घर नजिकैको जंगलमा गएका घर्तीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update