Shittalpati
पत्रकार बानियाँको दुःखद निधन

पाल्पा । नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार बलराम बानियाँको दुःखद् निधन भएको छ । उनको मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा मृत अवस्थामा शव फेला परेको हो । कान्तिपुर दैनिकका सहायक सम्पादक समेत रहेका बानियाँ सोमबारदेखि हराएका थिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँ बागमती बगरमा चिप्लिएर नदीले बगाएको आशंका गरिएको छ ।

नेपाल प्रहरी काठमाडौंका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्दार गर्ने प्रयास गरेका थिए । तर पानीको वाहब धेरै भएकाले स्थानीयले उद्दार गर्न सकेका थिएनन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बानियाँ एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । राजनीतिक घटनाक्रम, सुशासन तथा आर्थिक चलखेलमा खोजमूलक रिपोर्टिङ गर्दै आएका बाँनियाले केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update