Shittalpati
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका –५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार साझा निस्दीको ज्यामिरेबाट गल्धातर्फ आइरहेको जिप अनियन्त्रित भई दुर्घटना हँदा निस्दी ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको तीन महिने छोरा सिमोन कालुङ मृत्यु भएको हो ।

३ महिने बालकको उपचारको लागि तानसेन ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दी ५ गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया शुसिला सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।

घाइते ५ जनाको तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा चालकसहित ९ जना सवार रहेका थिए । फरार रहेका चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update