Shittalpati
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए

गुल्मी । जिल्लामा एक बेपत्ता पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।

उनी पूर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । बेपत्ता उनको खोज्दै जाँदा घर नजिकै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update