Shittalpati
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने

पाल्पा । जिल्लाको बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्र हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्र हुने भएको हो । माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा यो योजना गौरवको योजनाको रूप अघि सारेकाले पनि कालेपत्र गरिन लागेको छ । यो मोटरबाटो कालोपत्र, चौडा गर्ने र नाली निर्माणका लागि ४ करोड रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

उनका अनुसार आर्थिक वर्षमा यस सडक खण्ड ११ मिटिर चौडा गर्ने, दायाँ बायाँ १/१ मिटर नाली निर्माण गर्ने र करिब ४ कि.मी कालोपत्र गरिने छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने पाल्पा–बुटवल सडक खण्ड वर्षायाम सुरु भएपछि बारम्बार अवरुद्ध हुने भएकाले पनि यस सडक खण्डलाई बैकल्पिक र भरपर्दो मार्गका रुपमा लिन सकिन्छ । ‘बासटारी–झडेवा–रहबास–दुम्कीबाँस सडकको दुई अर्ब ६२ करोड लागत स्टिमेट तयार छ ।’ थापाले भने, ‘संघीय सरकारले बजेट विनियोजन गरोस् हालको भन्दा नारायणगढ पुग्न सबै भन्दा छोटो वैकल्पिक सडक निर्माण हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update