Shittalpati
सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा सडकको तानसेन–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक मर्मतपछि आईतबार ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । पहिरोको कारण दोभान क्षेत्रको दुई स्थानमा सडक भासिएर ठूला सवारीसाधन सञ्चालनमा अबरोध भएको थियो ।

शनिबार बिहानैदेखि सडकमा साना सवारीबाहेक ठूला सवारी सञ्चालन हुन सकेका थिएनन् । पहिरो झर्ने सम्भावना कायमै रहेकाले बेलुका ८ बजेदेखि विहान ६ बजेसम्मको लागि अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update