Shittalpati
गुल्मी र रुपन्देहीमा भएका छुट्टा–छुट्टै घटनामा दुईको मत्यु

पाल्पा, गुल्मी र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका ६ मा एक जनाको शव फेला परेको छ भने, रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । धुर्कोट गाउँपालिका ६ भिरथोकका ३५ वर्षका लक्ष्मण घर्तीको शव टिमुरपानीको भिरमा मृत अवस्थामा भेटिएको प्रदेश पाँचको प्रहरी कार्यालयले जनाएको छ ।

घरबाट कही कसैलाई नसोधी निस्किएका उनी मृत अवस्थामा भेटिएका हुन् । त्यस्तै रुपन्देहीको रोहीणी गाउँपालिका ३ लक्ष्मीनगरका ७० वर्षकी धानमती भुजको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । उनी आफ्नो नातीले चलाएको लु १८ प ९४९२ नं.को मोटरसाइकलमा चढ्ने क्रममा अचानक मोटसाइकलबाट लड्न जाँदा घाईते भएकी थिईन् । घाइते उनलाई भैरहवा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update