Shittalpati
खेतमा पसेको भल तर्काउन गएका युवकको मृत्यु

पाल्पा,जिल्लाको रम्भा गाउँपालिका १ असेर्दीमा खेतमा पसेको भल तर्काउन गएका एक युवकको मृत्यु भएको छ । सोमबार रातीदेखि आएको अविरल वर्षाका कारण खेतमा पसेको भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको हो ।

राति १ बजेको समयमा खेतमा पसेको भल तर्काउन गएका अर्यालको ढुङ्गा माटो सहित पहिरोको भलले बगाउदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । उनको खेतबाट १० मिटर तल ढुङ्गाा माटोले पुरिएको अवस्था शव भेटिएको थियो । उनको टाउकोमात्र देखिएको अवस्थामा स्थानीयले भेटाएका थिए । स्थानीयले शव देख्न साथ प्रहरीलाई खबर गरेका हुन् । खबर लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update