Shittalpati
गुल्मीमा पहिरोले पुरिदा १८ महिने बच्चा सहित दुईको मृत्यु,एकको उद्धार

पाल्पा , गुल्मी जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा गएर राती परेको अविरल वर्षका कारण गएको पहिरोमा पुरी १८ महिने बच्चा सहित दुई जनाको ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोले पुरिएर बसन्त सारुका १८ महिने छोरा सुजन सारु र ईश्वरा खत्रीकी ७ वर्षकी छोरी अपिच्छा खत्रीको मृत्यु भएको वडा सदस्य तथा उद्धारमा खटिएका जंगबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सुजनलाई पुुरिएको अवस्थामा र अपिच्छालाई निस्दी खोलाले बगाएर लगेको अवस्थामा फेला पारिएको थियो । राती ११ बजे आएको पहिरोले घरमा सुतिरहेका २९ वर्षकी ईश्वर खत्री र उनको छोरी अपिच्छालाई पुरेको थियो ।


पहिरोले पुरिएकी ईश्वरालाई ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् भने उनको छोरी अपिच्छालाई पहिरोले बगाएर निस्दी खोलामा लगेको र खोलाले बगाउदै गर्दा स्थानीयले मृत अवस्थामा भेटाएको वडा सदस्य खत्रीले बताए । ईश्वराको टाउँको मात्र देखिएको अवस्थामा उद्दार गरिएको थियो । उनको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।


बस्तीदेखि ५ सय मिटर माथिबाट खसेको पहिरोले त्यस क्षेत्रका एक दर्जन बढी घरमा क्षति पु¥याएको छ । पहिरोले पशुचौपायमा समेत क्षति पु¥याएको छ । वडा खदस्य खत्रीका अनुसार स्थानीय विष्णु दर्जी, रनबहादुर रेस्मी र देवबहादुर कुंवरका गोठ पहिरोले पुरिदा ३ हल गोरु समेत मरेका छन् । पहिरोका कारण अझ के कति क्षतिभएको छ भन्ने पूर्ण विवरण भने आउन सकेको छैन । पहिरो खसिरहेको र निस्दी खोला बढेकाले उद्दारमा कठिनाई भएको स्थानीयले बताएका छन् । सदरमुकाबाट प्रहरीको टोली घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
उता मुसिकोट नगरपालिका २ मा पनि पहिरोले घर पुरिएको छ, भने एक जना बेपत्ता भएका छन् । थप विवरण भने आउन बाँकी रहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update