Shittalpati
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । उनले मृतक पुरुषमा कोरोना भाइरस संक्रमण भए/नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए । -रासस

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update