Shittalpati
रामपुरमा रुखबाट खसेर एक युवकको मृत्यु

इमान सिं राना
पाल्पा, जिल्लाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका १० कुमाल गाउँका खेम बहादुर कुमालका छोरा १७ वर्षिय झरना बहादुर कुमाल रहेका छन् । विहान ११ बजे तिर आँप टिप्न थोत्रिबारी टारी मुहान गएका उनी रुखमा चढेर झर्ने क्रममा हाँगा भाँचिएर खसेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहाले बताए । उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाईएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update