Shittalpati
धारिलो हतियार प्रहार गरी एकको हत्या

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या आरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए ।

मदिरा सेवन गरेको अवस्थामा सामान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । बुधबार बिहान शवको मुचुल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update