Shittalpati
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा २ को मृत्यु ४ घाइते

पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु चार घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गापा २ बढीदमारमा सोही स्थानका ८८ बर्षको वृद्ध मृत अवस्थामा फेला परेका छन् । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ३ बाउनगढी मन्दिर नजिक भारतीय नागरिक अन्दाजी २० बर्षका ममोहर चौधरी मृत अवस्थामा फेला परेका हुन् । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ प्रदिपनगरमा विद्युतको पोल सट हुँदा सोही स्थानका ४२ बर्षका मानवहादुर थारुको करेन्ट लागेर प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा १ मा कार र मोटर साईकल दुर्घटना हुँदा मोटर साईकल चालक राजपुर बस्ने २३ बर्षका राजेश थारु घाईते भएका छन् । अर्घाचाँची तर्फबाट बुटवल आउँदै गरेको लु १ ज ४३७७ नम्वरको कारसँग राजपुरतर्फ आउँदै गरेको लु. ५२ प २५८२ नम्वरको मोटर साईकल ठोक्किदा मोटर साईकल चालक थारु घाईते भएका हुन । घाईते थारुको सीटी अस्पताल वुटवलमा उपचार भई रहेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा १ रेन्जपोष्ट स्थित वा ४ ख नम्वरको बस आफै अनियन्त्रित भएर सडक छेउमा पल्टदा दोलखाको भिमेश्वर नगरपालिका ३ निवासी १७ बर्षको सविन सुवेदी सोही स्थानका ३० वर्षका कृष्ण सुवेदी, २८ बर्षका हरि सुवेदी घाईते भएका छन् । उनीहरु सबैको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको छ र अवस्था सामान्य छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update