Shittalpati
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए

पाल्पा । गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् ।

नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए । बेपत्ता मध्ये सुनिलको बुधबार विहान र समीरको दिउसो मृत अवस्थामा शव भेटिएको हो । सुनिलको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा फेला परेको थियो । बुधबार नदीले किनारामा ल्याएर राखेको अवस्थामा माछा मार्न गएका स्थानीयहरुले शव देखेका थिए ।

त्यस पश्चात प्रहरीलाई खबर गरे पछि उनका आफन्तहरु पनि नदि किनारमा पुगेका थिए । उनको शव छ्दविछेद अवस्थामा रहेको र आफन्तले हातको औला मार्फत पहिचान गरेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक केदार पन्तले बताए । अर्का १० वर्षिय बालक समीरको पनि बुधबार दिउसो नदीमा मृत अवस्थामा शव भेटिएको प्रहरी चौकी हुँगीले जनाएको छ । आईतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए । पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् । उनीहरुको शवलाई रामपुर अस्पतालमा ल्याई पोष्ट मार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update