Shittalpati
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो

पाल्पा(रामपुर) । गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो । बुधबार नदीले किनारामा ल्याएर राखेको अवस्थामा माछा मार्न गएका स्थानीयहरुले शव देखेका थिए ।

त्यस पश्चात प्रहरीलाई खबर गरे पछि उनका आफन्तहरु पनि नदि किनारमा पुगेका थिए । उनको शव छ्दविछेद अवस्थामा रहेको र आफन्तले हातको औला मार्फत पहिचान गरेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक केदार पन्तले बताए । अर्का १० वर्षिय बालक समीर चापागाई अझै पनि बेपत्ता छन् । उनको पनि खोजी भैरहेको छ । आईतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए । पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update