Shittalpati
रुपन्देहीमा दुईको आत्महत्या

खस्यौली । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् ।

श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । दुवै बुटवलमा बस्दै आएका थिए ।-रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update