Shittalpati
तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउ खोलामा एक युवती मृत अवस्थामा भेटिएकी छन् । रुपन्देही शुद्धोधन गाउँपालिका ४ की २३ वर्षकी सिर्जना खनाल शुक्रबार दिउसो १ः३० बजे नदि किनारमा मृत अवस्थामा भेटिएकी हुन् । के कति कारणले उनको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update