Shittalpati
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा  ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए । उनको अप्रेसन गरी बच्चा निकाल्नु पर्ने भए पछि बुधबार विहान ४ बजे अप्रेसन गरिएको थियो । अप्रेसन पछि ज्ञवालीको बेहोस भएकै अवस्थामा मृत्यु भएको डा.शर्माले बताए । उनका अनुसार सुत्केरी महिलामा उच्च रक्तचाप र मृगौलामा समस्या देखिएका कारण उनको मृत्यु भएको हो ।

महिलालाई बचाउने हरप्रयास गरियो तर शरिरमा अत्याधिक रक्तचाप नियन्त्रण हुन नसकेपछि बचाउन सकिएन डा.शर्माले भने । बच्चाको अवस्था भने सामन्य रहेको अस्पतालले जनाएको छ । मृतक ज्ञवालीलाई १५ गते सुत्केरी बेथा लागेपछि आफ्न्तले नजिकैको स्वास्थ्यचौकीमा लगेका थिए । स्वास्थ्य चौकीले उच्च रक्तचाप भएकाले पाल्पा लैजान आग्रह गरेपछि १५ गते राती नै मिसन अस्पताल ल्याइएको स्थानीय पिताम्वर ज्ञवालीले बताए । उनको उच्च रक्तचाप नियन्त्रण नभएपछि मृत्यु भएको आफ्न्तले स्वीकार गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update