Shittalpati
गुल्मीमा निर्माणाधीन पुल भत्कियो

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मुसिकोट नगरपालिका ३ र ७ लाई जोड्ने बढिगाड खोलाको निर्माणाधीन पुल भत्किएको छ । लगातार पानी परेपछि बुधबार बढिगाड खोलामा बाढी आएपछि कारण उक्त पुल भत्किएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार गत बर्ष वैशाखमा यो पुल टेका नपुगेर बन्दाबन्दै भत्किएको थियो । वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले उक्त पुल निर्माणको जिम्मा लिएको छ । ५५ मिटर लामो पुलको ५ करोड १७ लाखको लागतमा पुनर्निर्माण भइरहेको थियो । वि.सं. २०७३ साल असारमा सम्झौता भएको पुल २०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामग्री नै बगाउन थालेको निर्माण कार्यमा ढिलाई भएको छ ।

हाल पुलको तल्लो ढलाई सकिएको थियो । गत वर्ष पुल भत्किएपछि एक वर्ष म्याद थप भई २०७७ जेठ मसान्तसम्म पुनः म्याद थप भएको थियो । बाढीले मुसिकोट कै पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पु¥याएको छ । ढलान गर्न तयारी अवस्थामा रहेका सामग्री बाढीले बगाई दिएको छ । बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको बताईएको छ । निस्ती खोलाले चण्डेश्वरी हेबी इक्युमेन्ट कन्ट्रक्सनको लु १त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ । निर्माण व्यवसायी हरिकुमार श्रेष्ठका अनुसार छल्दी खोलामा आएको बाढीले इस्मा गाउँपालिका र धुर्कोट गाउँपाालिका अन्तर्गत चौरासी–धुर्कोट जोडने पक्की पुल पनि उच्च जोखिममा रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update