Shittalpati
पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्य, ४ घाइते

पाल्पा, जिल्लाको रम्भा–३, निकीचौर नजिकै कालीगण्डकी कोरीडोर सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्युु भएको छ । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।

थापाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार रम्भा गाउँपालिका –१ का १९ वर्षीय विवेक थापा, रामपुर नगरपालिका–१ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वषीय युवराज घर्ती, रम्भा–१, असर्दीका १८ वर्षीय पूर्णबहादुर बोटे घाइते भएका छन् । घाइते मध्ये युवराजको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ भने अन्यको सामन्यपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ट्याक्टरका चालक भने फरार रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update