Shittalpati
देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने
देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए नेवार र किराँत समुदायले बुधबार योमरी पुन्ही र उधौली पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाएका छन् । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर उनीहरुले चाडपर्व मनाएका हुन् ।
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो दर्जनौंलाई सम्मान
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो दर्जनौंलाई सम्मान जिल्लामा क्रियाशिल साहित्य संस्था शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले दर्जानौं व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले पन्ध्रौ वार्षिक दिवस तथा कवि कुलमणि देवकोटाको ९२ औं जन्मजयन्ती समारोहको अवसरमा विभिन्न व्यक्तिहरुलाई शनिबार तानसेनमा सम्मान सहित छात्रवृत्ति प्रदान गरेको हो ।
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति बुधबार बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् ।
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका छन् । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना दिँदै उनले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र...
अभिशापी भ्रमण (लघु कथा)
अभिशापी भ्रमण (लघु कथा) करिब सत्ताइस वर्ष अगाडि प्रकाशले गाउँको एक विद्यालयमा कक्षा नौमा पढ्थ्यो । शैक्षिक भ्रमणको योजना थियो । साथीहरू भ्रमण स्थल रोज्दै थिए । बढी पैसा लैजाने योजना बुन्दै थिए कोही त । माघे चिसो ज्यादा थियो । प्रकाश एकसरो कमिजमा थुर्थुर काम्दै कुनामा बसेको थियो । पहिलो घण्टी बज्यो ।
आज देशभर छठ पर्व मनाइदै
आज देशभर छठ पर्व मनाइदै तिहारको समापनसंगै छठपर्व अर्थात् सूर्यको पर्व देशभर आज मनाइदैछ । षष्ठी तिथिका दिन बेलुका अस्ताउदो सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउन लागिएको हो । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
लुम्बिनीमा पर्यटकको चहलपहल
लुम्बिनीमा पर्यटकको चहलपहल कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र खुला गरिएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’ प्रायजसो रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्ले यतिबेला पिरतीको नसामा देखिएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्ले ‘पिरतीको नसा’ लोकदोहोरी गीतको पर्दामा देखिएका हुन् ।
विक्रीका लागि राखिएका झिनियाँ :
विक्रीका लागि राखिएका झिनियाँ : तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो ।
कोरोनाको चपेटामा मादलको व्यापार
कोरोनाको चपेटामा मादलको व्यापार हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो ।
तिहारअघि नै सुक्यो सयपत्री
तिहारअघि नै सुक्यो सयपत्री यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
Weather Update