सुष्मालाई बक्सिङमा रजत पदक
कला/संस्कृति/मनोरन्जन
तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार पुरस्कृत

पाल्पा, तानसेनमा सिर्जना उत्सवसँगै साहित्यकार सम्मान कार्यक्रम गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठान ललितपुरको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौंबाट आएका र पाल्पाका दर्जानौ स्रष्टाहरूले रचना वाचन गरेका थिए । समकालीन देशको अवस्था, विकृति तथा जीवन चिन्तनका महत्वपूर्ण पक्ष, देशभक्तिको भावना, प्रकृतिप्रतिको मोह, प्रेमिल विषय तथा निराशाका स्वरहरू सिर्जनामा प्रतिबिम्बित गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरु चित्रवलीराम सुवाल, राजेश्वर कार्की, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, विमल वैद्य, सविता भट्टराई, कृष्णराज डिसी, कमल खत्री, हरिप्रसाद मानसाग्नि, हरि भट्टराई, लक्ष्मण गाम्नागे, टंक पन्थ, मोमिला जोशी, युवराज पौड्याल, अशेष मल्ल, सरुभक्त श्रेष्ठ, रामप्रसाद अर्याल, विमल कोइराला, चन्द्रकान्त न्यौपाने, इन्दिरा ज्ञवाली, महेश पौड्याल, विमल कोइराला लगायतले सिर्जना वाचन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि संस्कृतिविद् तथा वरिष्ठ कवि तुलसी दिवसले प्रतिष्ठानले आायेजना गरेको सिर्जना उत्सव कार्यक्रम आफैमा प्रसशंनिय रहेको बताए । उनले सीमित स्रोत र साधनमा देशभित्र तथा बाहिर साहित्यको उन्नयनमा लागेको प्रतिष्ठान वास्तवमै प्रशंसा गर्नलायक रहेको बताए । मानिसमा निहित सिर्जनशील प्रतिभालाई प्रष्फुटन गराउन उत्प्रेरकको काम गर्ने संस्था सधैँ धन्य रहने दिवसले बताए । उनले समालोचना भन्दा सिर्जना महत्वपूर्ण रहेको भन्दै स्रष्टा नबाँचे सिर्जना पनि नबाच्ने धारण व्यक्त गरे । सोही अवसरमा प्रतिष्ठानले दुई जना पाल्पाली साहित्यकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत समेत गरेको छ । उसले पुष्कर अथक रेग्मीलाई योगेश्वर वाङ्मय पुरस्कार र राजेन्द्रगोपाल सिंहलाई ग्रेगरी कला साहित्य पुरस्कारबाट पुरस्कृत गरेको हो । प्रा.डा.सावित्री मल्ल कक्षपतीले पुरस्कृत व्यक्तिको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेकी थिइन् । यस्तै सोही अवसरमा साहित्यकारहरु पुष्कर अथक रेग्मी र राजेन्द्रगोपाल सिंहद्वारा लिखित पाल्पाको साहित्यिक इतिहास नामक कृतिको विमोचन समेत गरिएको थियो । विमोचित कृतिको समालोचक दीपक बस्यालले समीक्षात्मक टिप्पणी गरेका थिए । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता, पाल्पा साहित्य समाजका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत, साहित्यकार महेश पौड्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!