Shittalpati
आज गुल्मी महोत्सवमा इन्द्रेणीका कलाकारहरुको प्रस्तुति रहने

गुल्मी, गुल्मीमा सञ्चालित महोत्सवको अन्तिम दिन (आज) इन्दे्रणीका कलाकारहरुको प्रस्तुति रहने छ । माहेत्सवमा दर्शकहरुको माग अनुसार इन्द्रेणीका कलाकारहरुले मंगलबार प्रस्तुति देखाउन लागेका हुन् । उनीहरु महोत्सवका लागि तम्घास आइ पुगेका छन् ।

महोत्सवको अन्तिम दिन इन्द्रेणी टिमका कलाकाहरुको विशेष प्रस्तुति रहने महोत्सव मुल आयोजक प्रचार–प्रसार समिति संयोजक ताराप्रसाद भूसालले बताए । कार्यक्रममा इन्द्रेणीका कृष्ण कंडेल, छत्र शाही, मनमाया वाइवा लगायतका कालाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । उनका अनुसार बोमबहादुर कार्की, प्रकाश दुधराज, मञ्जु भट्टराई लगायत विभिन्न कलाकारहरुको प्रस्तुतिसँगै नृत्य समेत रहने छ ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सव चैत २५ गतेदेखि सुरु भएको थियो । बैशाख ४ गतेसम्म चल्ने मिति तय भएपनि २ दिन समय थपेर ६ गतेसम्म लम्बाइएको हो । महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्लामा उत्पादित कृषिजन्य सामग्रीहरु, मनोरञ्जनात्मक पि· लगायत विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री वितरणको भइरहेको वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । उनका अनुसार जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरका कुमालले निर्माण गरेका माटोका कलात्मक वस्तुहरु पनि महोत्सवमा राखिएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्वद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारसँगै राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको छ । महोसत्वमा दुई सय स्टल रहेका छन् । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update