Shittalpati
शीत (दुई पुष्प)

इन्दिरा ज्ञवाली
तानसेन, पाल्पा

शीत
मेरो
प्राण
प्रिय

यही
मेरो
लघु
गृह

तिमी
मेरो
महा
मित्र

कला
फुरोस्
यसै
भित्र

स्वप्न
देखेँ
शीत
लेखें

शीत
थोपा
भित्र
टेकें

सुस्त
सुस्त
बामे
सर्दै

शीत
थोपा
थाले
भर्दै

रङ
भर्दै
अघि
सर्दै

शीत
मोती
टप्प
टिप्दै

जन्म
भूमि
पाल्पा
भयो

स्वर्ग
जस्तै
प्यारो
रह्यो

कला
दिई
शिल्पी
भरें

मोति
तुल्य
शीत
बने

सीप
भर्न
सक्यो
जति

मूल्य
बढ्छ
कति
कति

धरा
भित्र
शीत
आयो

लघु
काव्य
शीत
छायो

सोच्न
थाल्छु
शीत
शब्द

शब्द
गाल्दै
हुन्छु
स्तब्द

टुकु
टुकु
हिड्न
लाग्यो

शीत
देख्दा
हर्ष
जाग्यो

लक्ष्य
मेरो
यही
थियो

इच्छा
सब
पुगी
दियो

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update