Shittalpati
गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्वजनिक

गुल्मी, गुल्मी लोक ताराबाट उत्कृष्ट बनेकी गायिक लालुमाया कुँवरको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गायिक कुँवर र गोबिन्द पौडेलको संयुक्त एल्बम ‘मनको कस्तुरी’ सार्वजनिक भएको हो । गायिक कुँवर लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक तारा सिजन दुईबाट उत्कृष्ट गायिका बनेकी थिइन् ।

गुल्मी जिल्लामा हुने स्टेज कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएकी कुँवरको दोस्रो एल्बम रहेको छ । माघ महिनाको सुरुसँगै बजारमा आएको गीत ‘मनको कस्तुरी’ मा माया प्रेममा आधारित कथा वस्तुमा तयार गरिएको गीत सार्वजनिक भएको छ । माया प्रमेमा डुबेका दुई प्रेमीका बिचको कथा व्स्तु गीतमा समाबेश रहेको छ । दुई प्रेमी एक अर्का बिच नबाच्ने टाढा भएर बाच्न नसक्ने कथाबस्तु गीतमा रहेको छ । माया रुप र·सँग नभइ मनसँग भएको कथा वस्तु गीतले दिएको छ । गीत माया प्रेममा तयार भएकाले पछिल्लो पिडीमा युवा पिडीले धेरै मन पराउने आशा गरिएको छ । लालुमाया कुँवर र गोबिन्द पौडेल पौडेलको स्वर रहेको गीतमा लय शब्द गोबिन्द पौडेलको रहेको छ । गीतमा दिव्यनी ओली र अजय शर्मा, बिनिता पोखरेलको अभिनय रहेको छ । गीत सुहाना म्युजिक इन्टरटेन्मेन्टडको युट्युब च्यानबाट बजारमा आएको छ ।  –प्रस्तुति : अनिल खत्री

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update