Shittalpati
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’

पुरन राजकोटी मगर

गुल्मी (पुर्तिघाट), जिल्लाको सत्यवती गाउँपालिका –३ मा ‘साहित्य यात्रा’ कार्यक्रम भएको छ । कला, साहित्यको श्रीवृद्धिका लागि ‘साहित्य यात्रा’ कार्यक्रम भएको हो ।

ठूलोलुम्पेकमा स्थापना भएको ल्हुम्पेक कला तथा साहित्य यात्राको ८ औं शृङ्खलाका रुपमा यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा स्थानीय कलाकार, उदयमान गायक, गायिका र साहित्यकार तथा साहित्य प्रेमीहरुले आ–आफ्ना प्रतिभा देखाएका थिए ।

प्रदीप राहादी मगरले कृष्ण सेन ‘इच्छुक’ को जेल शिर्षकको कविता बाचन गरेका थिए । खोम फौंजा मगर, प्रदिपा रानाले मुक्तक, गायक गुणदेव थापा मगर, सुदीप सिंजाली मगर लगायतका स्रष्टाहरूले गीत, कविता, मुक्तक वाचन गरेका थिए ।

सोही अवसरमा ८८ औं सत्यवती मेला अन्तर्गत खेलकुद कार्यक्रमको समेत उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा सत्यवती गाउँपालिका–३ का वडा अध्यक्ष रुक बहादुर रानाले खेल क्षेत्रको विकास लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा खेलाडी, जनप्रतिनिधिहरुको उल्लेखीय सहभागिता रहेको थियो । ल्हुम्पेक कला तथा साहित्य यात्राका संयोजक गुणदेव सिंजालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको हिलेसिद्ध मिडिया प्रालिले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update