Shittalpati
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन

कृष्ण पोखरेल
पाल्पा, साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् । कृति विमोचन गर्दै पूर्व मन्त्री ज्ञवालीले कवि गणेश आत्रेयद्वारा लिखित छन्द लहरी कविता संग्रहले नेपाली साहित्यमा ईट्टा थप्ने काम गरेको बताए । राजनितिक समसामायिक, कला संस्कृति, माया, प्रेम, बाल्यकाल जस्ता विषयवस्तुमा लेखिएका कविता कतै घोचपेच, कतै व्यंग, कतै यर्थाथ जीवनका भोगाईप्रति केन्द्रित रहेको उनले बताए ।

आत्रेयको कविता संग्रह समाजका भोगाई चिन्तन, सामाजिक अवस्थामा केन्द्रित रहेको ज्ञवालीको भनाई छ ।
कार्यक्रममा साहित्यकार चोलेश्वर शर्माले गणेश आत्रेय शिक्षक सेवा निवित्त भएपछी फुर्सदको समयमा लेखिएको उत्कृष्ट छन्द कविता संग्रह प्रकाशनले नेपाली साहित्य बलियो बनाएको बताए । कृतिमाथि समिक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक शंकरप्रसाद गैरेले कृतिका राम्रा तथा सुधार गर्नुपर्ने कुरामा जोड दिए । आत्रेयको छन्द लहरी कविता उत्कृष्ट कविता रहेको बताउदै दुई अक्षरका छन्दबाट शुरु भएका कविताहरु पच्चिस अक्षरका छन्दसम्म पुगेको बताए । आत्रेय शिक्षक जीवनबाट सेवा निवित्त भए पनि कविता संग्रहले छन्दको विषयमा शिक्षकको झै भुमिका खेलेको बताए । साहित्यकार रामप्रसाद अर्यालले कृतिकार गणेश आत्रेयको जीवनी, स्वाभाव आनीबानि, व्यवहारका बारेमा जानकारी गराएका थिए । कृतिकार गणेश आत्रेयले सामाजिक सञ्जालमा शुरु भएको साहित्य यात्रा साथीभाईहरुको सुझाव सल्लाहबाट प्रकाशन गरेको बताए ।

कविता विमोचन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरे, पोखराथोक साहित्य संगमका अध्यक्ष हरी भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । कविता संग्रह भित्र रहेका कविताहरु साहित्यकार टंक पन्थ, भावना खनाल, तुलसीराम पोखरेल, सुमन पन्थीले कार्यक्रमको बिच बिचमा वाचन गरेका गरेका थिए । १ सय २१ पेजको छन्द लहरी कविता संग्रह भित्र विभिन्न विषयवस्तुका १ सय २१ वटा कविता रहेका छन् । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता, कोषाध्यक्ष सन्तोष खनालको स्वागत र महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियोे ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update