Shittalpati
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने

गुल्मी, जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।

जिल्लामा दशैंको टिकाको दिनदेखि पूर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैंठकले जारी निषेधाज्ञालाई कायम राख्दै दशैंको अवसरमा गरिने सराय नाँचलाई पनि गर्न नहुने सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने साराय नाँच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन रहि आएको छ । प्रसाशनले सूचना जारी गर्दै यस अघि जारी गरिएको निषेधाज्ञालाई कायम गर्दै सराय नाच गर्न नपाईने बताए हो । जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्य गरी साराय नाँच हुने स्थान हुन् । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाई एकआपसमा जोडिएर साराय नाँच खेलिने गरिन्छ । सराय नाँच दशैंका बेला पश्चिम नेपालका केहि भागमा गरिने पुरानो सँस्कृति सहित मनोरञ्जनात्मक नाँच हो । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । हाल जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा ४ सय ५९ जना सक्रिया संक्रमित रहेका छन् ।

–अनिल खत्री

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update