Shittalpati
काठमाडौंमा शीत काव्यको चर्चा

पाल्पा, साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।

विजया दशमी तथा दीपावलीको पूर्व सन्ध्यामा शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भएको शुभकामना आदान–प्रदान तथा शीत काव्य कृति हस्तान्तरण कार्यक्रममा शीतको चर्चा भएको छ । कार्यक्रममा साहित्यकार देवेन्द्रराज शाक्यद्वारा लिखित/ संकलित काव्य ‘शीत ’ र शीत ईश्वर कृष्ण केसीद्वारा लिखित शीत काव्य संग्रह ‘शीतका थोपा’ को चर्चा गर्दै हस्तान्तरण गरिएको हो । उक्त ‘शीत’ भित्र ६४ जना स्रष्टाका शीतहरू संकलित रहनुका साथै लेखक देवेन्द्रराज शाक्य र धर्मी शाक्यद्वारा लिखित ७२÷७२ वटा शीतहरू रहेका छन् ।

पाल्पा तानसेन श्रीनगर क्षेत्र निवासी साहित्यकार पुष्कर अथक रेग्मीले परिकल्पना गरेको शीत नियममा आधारमा स्थापित, क्रियाशील ,उदियमान आदिले शीतहरू लेखेका छन् । कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपाल र विशिष्ट अतिथि प्रा. डा. गार्गी शर्माले नेपाली भाषा र साहित्यको क्षेत्रमा शीतले इटा थप्ने काम गरेको बताए । शीत काव्य समाज नेपालका केन्द्रीय सचिव दामोदर ढकालले कार्यक्रमको प्रकृति र शीत काव्यका विषयमा जानकारी गराएका थिए । शीत काव्य समाज बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update