Shittalpati
तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन

पाल्पा,  तानसेनमा ‘बुँद’ शीत काव्य विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार धर्मी शाक्यद्वारा लिखित शीत काव्य संग्रह बुँदको विमोचन गरेको हो ।

गठन भएको छोटो समयमै समाजले पहिलो कृतिका रुपमा बुँद विमोचन गरेको छ । उसले नेपाली भाषा साहित्यको संरक्षण, विस्तार र साहित्यकारहरुको सम्मान, उत्प्रेरण जगाउने दिशामा आफुलाई अगाडि बढाएको छ । हिन्दुहरुको महान पर्व नजिकिदै गरेका बेला समाजले कृति विमोचनसँगै शुभकामना आदान–प्रदान समेत गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार चित्रवलीराम सुवालले कृति विमोचन गरेका हुन । बुँद विमोचन गर्दै साहित्यकार सुवालले कृति आफैमा ओजपूर्ण र पठनिय रहेको बताए । उनले नेपाली भाषा साहित्यमा काव्यले महत्वपूर्ण योगदान दिनेमा विश्वास व्यक्त गरे । प्रमुख अतिथि सुवालले शीत काव्य समाजले छोटो समयमै आफुलाई साहित्य क्षेत्रमा अब्बल बनाउन लागेकोमा समाजको थप प्रगतिको कामना गरे ।

कार्यक्रममा पाल्पा साहित्य समाजका सचिव तथा साहित्यकार महेन्द्र पन्थीले कृतिको समिक्षा गरेका थिए । कृतिको समिक्षा गर्दै पन्थीले शीत लघुतम काव्यको परिकल्पना पाल्पाको माटोमा पुष्कर अथक रेग्मीले गरेको र छोटो समयमै भाइरल भइ कृतिहरूको समग्र जोडिएका पक्षहरुलाई केलाउदै चर्चा परिचर्चा गरेका थिए । लेखकलाई शुभकामना दिदैँ त्यस भित्र जोडिएका विषयवस्तु पाठकको मन जित्ने खालको रहेको उनले बताए । विभिन्न संघ सस्थाका प्रतिनिधिमुलक साहित्कारहरुले विजया दशमी र दिपावलीको शुभकामना आदन–प्रदान संगै शीत काब्य समाज पाल्पालाई सफलताको शुभकामना समेत दिएका थिए । कार्यक्रममा ३० जना साहित्यकारहरुको सहभागिता रहेको थियो । प्रत्येक सहभागीले शुभकामना –आदानप्रदान गर्नुका साथै विभिन्न साहित्यकारहरूद्वारा शीत वाचन समेत गरिएको थियो । शीत काव्य समाज पाल्पाका अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गोविन्द खनालको स्वागत, समाजका सचिव सुशिल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update