Shittalpati
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया

गुल्मी, जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्र्रिया भएको छ । लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना, होटल व्यवसायी मञ्च गुल्मीको समन्वय र कालिगण्डकी गाउँपालिकाको प्रायोजनमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

दुई दिनसम्म चलेको अन्तक्र्रिया कार्यक्रममा होटल व्यवसायी, होमस्टे र पर्यटनका सम्भावना र अवसरका विषयमा व्यापक छलफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा होटल व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल व्यवसायी, होमस्टे र पर्यटनले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए । उनले होटल, होमस्टे र पर्यटन तीनै क्षेत्रको विकास र विस्तार भए मात्र देशको आर्थिक समृद्धि हुने कुरामा जोड दिए । प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम शाहले स्थानीय सरकार र नीजि क्षेत्रले हातेमालो गरेर अगाडि बढेमा जिल्लाको आर्थिक विकास हुनेमा विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस गुल्मीका सचिव जगदिश भट्टराईले ग्रामीण होमस्टेको विस्तार र विकासका लागि होटल व्यवसायी र पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताए । उनले ग्रामीण क्षेत्रको होमस्टेको विकासका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीहरु एक भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । सचिव भट्टराईले पछिल्लो समय कोरोना महामारीका कारण होटल, होमस्टे र पर्यटन क्षेत्र धरासयी बन्दै गएकाले यि क्षेत्रको उत्थानका लागि स्थानीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष बेद थापा मगरले गाउँपालिकाको आर्थिक समृद्धिका लागि ग्रामीण होमस्टे र पर्यटन क्षेत्रको विकासमा स्थानीय सरकारले विशेष कार्यक्रम र योजना बनाएर अगाडि बढेको बताए । पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले होटल व्यवसायी, होमस्टे र पर्यटन व्यवसायीहरु बिच सहकार्य, समन्वय गरी प्रदेशको आर्थिक विकास गर्ने उद्देश्यले अन्तक्र्रिया कार्यक्रम गरिएको बताए । कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाचीका होटल तथा पर्यटन व्यवसायी, राजनीतिक दल, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । –पत्रकार जीवलाल सुवेदीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update