Shittalpati
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’)

शालिकराम पाण्डे ‘शिला’
२१ चैत्र २०७७(शुक्रबार)
बिहान ६ बजे निद्राले पुरै छाड्यो । मोबाइलमा डाउनलोड गरेको अडियो भैरव अर्यालका दुई हास्य निवन्धहरु सुने । ब्रÞमाको प्रयोगशालाबाट र महापुरुषको संगत । धेरै पढेको निबन्ध तर जति पढ्यो उति पढ्न मन लाग्ने । धेरै वर्षपछि सुन्न पाएर रमाइलो लाग्यो । नुहाए पनि आजबाट मन गहिरेको मनका कथाहरु माथि केही कोर्ने जमर्काे सुरु गरे ।


खानै प¥यो । भान्छामा आए । साँझ खाएको भाँडा पखाले र खाना पकाए । आफैले पकाउने बानीले लक डाउनको अवस्थामा राम्रै काम ग¥र्यो । सीप भनेको सिकेकै राम्रो । खाना पकाउने सीप र जांगर नभएको भए अहिले हालत खराब हुन्थ्यो । मलाई त आफूले पकाएको खाँदाखाँदा होटेलतिरका खाना खानै मन लाग्दैन । मीठो लाग्दैन । ताजा र मन लाग्दो खान त आँफै हात चलाएको जाति । आजको खबरमा १२० जना आइसोलेसनमा उपचार भईरहेको जानकारी प्राप्त भयो । संक्रमित सात जना । सरकारको रिपोर्ट अनुसार अहिलेसम्म कसैको मृत्यु भएको छैन भन्ने छ । तर सामाजिक सञ्जालहरुको अध्ययन गर्दा केही नागरिकहरु त्यो पत्याउन तयार देखिन्नन् । औषधिय सामग्रीहरु किन्दा घोटाला भएको विषय पनि उठिरहेको छ । कोरोना विरुद्ध लड्नका लागि आवश्यक बजेट ब्यवस्था गर्ने सन्दर्भमा अर्थ मन्त्रालयबाट कार्यक्रम लगायतका धेरै शीर्षकका बजेट रोक्का भएको छ । अब असार अगाडि सबै विकासे कार्यक्रमहरु चल्ने सम्भावना छैन । विकासको हिसावले हामी पनि पछि धकेलियौं । महामारीबाट जोगिने कुरा एउटा महत्वपूर्ण पाटो हो अपितु त्यसको नियन्त्रणपछि पुरानो अवस्थामा फर्किन गर्न पर्ने कामहरु उत्तिकै चुनौतिपूर्ण हुन्छन् । त्यसैले फेरि पुरानै अवस्थामा पुग्न भौतिक तथा मानवीय पक्ष सबै तयार हुन पर्ने हुन्छ । त्यो एउटा जटिल प्रक्रियामा पर्छ । घाउ एकैछिनमा हुन्छ तर घाउ सन्चो हुन समय लाग्छ स्वास्थ्यकर्मीहरु सुरक्षा कवच र अन्य अत्यावश्कीय सामग्रीहरु नभएको भन्दै छन् । नीजि अस्पतालहरु कोरोना उपचारबाट भाग्ने प्रयत्न गरेका खबर आईरहेका छन् ।
सरकारी अस्पतालहरुमा पनि उपचार राम्रो नभएको भन्ने गुनासा छन् । ज्वरो आएका बिरामी अस्पताल पुग्यो कि स्वास्थ्यकर्मीहरु भागाभाग । स्थानीय तहहरु आ–आफ्नो गतिमा क्वारेन्टाइन निर्माण, अनुगमन, राहत सामग्री वितरणका कामहरुमा संलग्न रहेका समाचार आईरहेका छन् । पाल्पाका अधिकांश स्थानीय तहका वेभसाइटहरु भने कोरोना सामग्रीविहिन् देखिए । नाम मात्रैका वेभसाइटहरु । बरु फेसबुकमा केही खबरखावर आईरहेका छन् । कार्यालयमा आई.टि. कर्मचारी नभएर पनि यसो भएको होला । तथापि अघिपछिका गतिविधिहरु प्नि सन्तोषजनक रुपमा वेभसाइटमा आएका देखिन्नन् । आज कार्यालयमा बसेर पाल्पा तथा नवलपरासी जिल्लामा लक डाउनको अवस्थामा गर्भवति, सुत्केरी महिला तथा उनीहरुको परिवार नियोजनको अवस्था बारे प्रारम्भिक जानकारी लिन सुरु गरिएको छ ।
आज स्टाफहरुलाई संस्थाको बारेमा थप जानकारी लिन संस्थागत प्रकाशनहरु पढ्न प्रोत्साहित गर्न २५ वटा बस्तुगत प्रश्नहरु तयार गरी पठाउने काम गरे । आइतबार यसको छिनोफानो छ । धेरै मिलाउनेले पुरस्कार समेत पाउने गरी लक डाउनमा कर्मचारीहरु ब्यस्त राख्ने एउटा उपाय गरियो । लक डाउन बढ्यो भने यस्ता अरु उपायहरु पनि गर्दै जानुपर्ने हुन्छ । आजको दिन ब्यस्त भईयो ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update