Shittalpati
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संरक्षकमा ‘भनभनेली’

रमेश विश्वकर्मा
गुल्मी,सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनीको संरक्षकमा विष्णु घर्ती ‘भनभनेली’ नियुक्त भएका छन् । इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका ‘भनभनेली’लाई प्रतिष्ठानले लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्ति गरेको हो ।

भनभनेलीलाई प्रदेश संरक्षकमा नियुक्त गरिएको प्रतिष्ठानका प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिए । घर्तीलाई संरक्षक पदमा नियुक्ति गर्दै प्रतिष्ठानले बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ ।

नवनियुक्त घर्तीले आगामी दिनमा लुम्बिनी प्रदेश कमिटी भित्र रहेर महत्वपूर्ण भूमिका वहन गर्ने छ भन्नेमा प्रतिष्ठान पूर्ण विश्वस्त रहेको गड्तौलाले बताए । घर्तीले लामो समयदेखि नै विभिन्न लेख रचनाहरु लेख्दै आएका छन् । उनी चर्चित साहित्यकार एवं एक कुशल प्रशासक समेत हुन् । प्रतिष्ठानले दिएको जिम्मेवारीका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत आभार प्रकट गर्दै घर्तीले उक्त जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update