Shittalpati
साहित्यिक यात्रामा पाल्पाली साहित्यकार

पाल्पा । कोरोना महामारीका कारण लामो समयदेखि जिल्लाको साहित्यिक गतिविधि सेलाएका बेला जिल्लाका साहित्यकारहरु साहित्यिक यात्रामा निस्किएका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा पाल्पाली साहित्यकारहरुको एक टोली आज साहित्यतीर्थ, कपिलधाम (कपिलवस्तु) प्रस्थान गरेको छ ।

कपिलवस्तुको साहित्यिक क्षेत्रको भ्रमणसँगै अवलोकनमार्फत जिल्लामा साहित्य क्षेत्रको विकास गर्नका लागि साहित्यकारहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो । कपिलमुनिको आश्रम कपिल धाममा धाम सञ्चालकहरुले धामलाई एशियाकै साहित्यिक चौतारी बनाउने र एक सय आठ जना अमर साहित्यिकारहरुको शालिक स्थापना गर्ने सोंच लिएका छन् । पाल्पाबाट प्रस्थान गर्ने साहित्यकारहरुले उक्त साहित्यिक तीर्थस्थल कपिलधामको अवलोकन र अध्ययन गर्ने प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार पुष्कर अथक रेग्मीले बताए । उनका अनुसार अवलोकन, अध्ययनसंगै सिर्जनावाचन कार्यक्रम समेत हुनेछ । प्रतिष्ठान स्थापना भएको पन्ध्रौ वर्षदेखि साहित्यिक यात्राको शुभारम्भ गर्न लागिएको अध्यक्ष रेग्मीले बताए । उनले भने ‘पाल्पाको साहित्यलाई अन्य क्षेत्रमा समेत प्रचार–प्रसार गर्नुका साथै साहित्यतीर्थ कपिलधामको अवलोकन र अध्ययन गर्न साहित्यिक यात्राले महत्वपूर्ण योगदान पु¥याउने छ ।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update