Shittalpati
आज देशभर छठ पर्व मनाइदै

पाल्पा । तिहारको समापनसंगै छठपर्व अर्थात् सूर्यको पर्व देशभर आज मनाइदैछ । षष्ठी तिथिका दिन बेलुका अस्ताउदो सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउन लागिएको हो । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो चाड मनाईन्छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाईन्छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याइएका फलफूलहरुलाई छठको अन्तिम दिन बिहानै अघ्र्र्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पूर्ण होस भनेर भाकल राखेका हुन्छन् र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा नहाई खाय, दोश्रो दिनलाई खर्ना भनिन्छ, तेश्रो दिनलाई सँझिया अर्घ छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरु भएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई विहनीया अर्घ पारण भनिन्छ । कोरोनाका कारण विगतका वर्षजस्तो छठको रौनक भने अहिले छैन । यस वर्ष कोरोना महामारीका कारण देशभरका छठस्थलमा विधिमै समित गरिएको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा भिडभाड नगर्न स्थानीय प्रशासनहरुले निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update