Shittalpati
लुम्बिनीमा पर्यटकको चहलपहल

बुटवल । कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र खुला गरिएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । आठ महिना पछि पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।

अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् । लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update