Shittalpati
विजुको ‘कविता कुञ्ज’को विचरण

पुष्कर अथक रेग्मी
नेपाली साहित्यको श्रीवृद्धिका लागि गीत, कविता, मुक्तक, नाटक, आख्यान लेखनमा क्रियाशिल नारी हस्ताक्षर विजु पछाइँ (खाती) पाल्पा हुँगी निवासी माता शिवकुमारी पछाइँ र पिता मोहनबहादुर पछाइँको सुपुत्री हुन् । तिलोत्तमा नगरपालिका–२, रुपन्देहीमा स्थायी रुपमा बसोबास गर्दै प्राध्यापन पेशामा संलग्न रहँदै आएकी विजुको गीति संग्रह, सुस्केरा (२०५५), उपन्यास, भूकम्प विस्फोट कुण्ठित पीडाको (२०७४) र कविता संग्रह, ‘कविता कुञ्ज’(२०७५) प्रकाशित भइसकेका छन् भने अझै पनि यिनका केही गीति संग्रहहरु, मुक्तक संग्रह, नाटक र खण्डकाव्य अप्रकाशित अवस्थामै रहेका छन् ।

‘कविता कुञ्ज’(२०७५) कवि विजु पछाइँ (खाती)द्वारा लिखित एवं केशवध्वज खाती (क्षेत्री)द्वारा प्रकाशित कविता संग्रह हो । यसभित्र अधिकांश लामा र केही छोटा गरी विजुका चालीस वटा गद्य कविताहरु संग्रहित रहेका छन् । अग्र र पश्छ भाग रंगीन सहित जम्मा १५२ पृष्ठमा सीमाड्ढित स्व.सासु आमा मायादेवी खाती र सम्पूर्ण साहित्यिक मनहरुमा समर्पित कृतिको मूल्य रु.१५० रहेको छ । ‘कविता कुञ्ज’ भित्र विचरण गर्दा पाइएका वैशिष्ट्यटताहरुलाई यसरी प्रस्तुत गरिएको छ ।

१. सुन्दरता
कृति आकर्षक र सुन्दर छ । कृतिभित्र रहेका चालीस वटा चित्रहरुले संग्रहलाई अझ सिंगारेका छन् । श्री दुर्गा पौडेल र डि.एल. डिजाइनर परिवारले कृतिलाई सर्वसुन्दर बनाएका छन् । आवरण पृष्ठ विलोकनीय एवं अद्भूत सुन्दरता र अर्थालड्ढारले सुसञ्जित रहेको छ ।
२. सरलता
वर्णनात्मक एवं सम्बोधनात्मक शैलीमा प्रयोग भएका भाषाहरु सरल, सहज र सरस पूर्ण रहेका छन् । आवश्यक्ता अनुसार विम्व र प्रतिकको समेत प्रयोग सहित शब्दालड्ढारको सान्दर्भिक प्रयोग भएका छन् । संग्रहभित्रका सबैक कविताहरु गद्यलय वा मुक्त छन्दमा संरचित अन्र्तसांगितिक लयमा सरल रुपमा प्रस्तुत भएका छन् ।
३. कथात्मकता
मेथ्यु आर्नल्डका अनुसार, ‘कविता जीवनको समालोचना हो ।’ विजुका केही कथाहरु समालोचनात्मक रहेका छन् । अर्थात कविताहरु पढ्दा कथा पढिए जस्तो भान हुन्छ । ‘शेष मुटु’, ‘विवाह’, ‘आमा त्यसैले म आउँदिन है’, ‘अपराधवोध’, ‘त्रिपक्षीय गुनासो’, ‘फिर्ता देउ’, ‘सुदर्शन चक्र’ लगायतका कथाहरु कथानक शैलीका रहेका छन् । जस्तै ः ‘फिर्ता देउ’ कविता मार्फत पूरा विगत सम्झाएर अन्ततः एकतुर्काे गंगाजल फिर्ता मागिएको छ ।
४. मानवीयता
‘अन्त्येष्टि’, ‘नवजात शिशु’, ‘विवाह’, ‘विर्सिएछौँ’, ‘गर्व’ शीर्षकका कविताहरुले मानवतावादको वकालत गरेका छन् । मानवीय जीवनका जिर्जिविषाहरु र मनको सुक्ष्म विश्लेषण यहाँ पाउन सकिन्छ । जीवन दुःख, सुख, संघर्ष, यात्रा, माया, वेदना, दर्द र पीडाको प्रस्तुती सहित मानवीयताको खोजी गरिएको छ ।
५. संवेदनशीलता
‘मातृत्व’, ‘शेष मुटु’, ‘अन्तयेष्टि’, ‘विवाह’, ‘म नारी हुँ’, ‘अपराधवोध’ ‘आमा त्यसैले म आउँदिन है’, ‘मातृवियोग’, ‘मनको नाता’, ‘दुरी’ शीर्षकका कविताहरु अति संवेदनशील रहेका छन् । कविताहरु भावुक र हृदय संवेगात्मक हुनाका साथै सहनशिलताको अनुपम उदाहरणको रुपमा समेत उपस्थित भएका छन् । त्यसैले मलाई भन्न मन लाग्यो, ‘कवि विजु पछाइँ (खाती)को संवेदनशील मुटुको कोमल भावुकता जिन्दावाद ¤’
६. राष्ट्रियता
‘अनुरोध’, ‘आमालाई टुक्र्याएछौ नि’, ‘मेरो पाल्पा मेरो स्वर्ग हो’, ‘जन्मभूमिको आर्शीवाद’ शीर्षकका कविताहरु राष्ट्रवादी चेतनाका अभिव्यक्तिहरु हुन् । यी कविता मार्फत जन्मभूमि र मातृभूमिको स्मृति गर्दै समृद्धिको कामना गरिएको छ । माटोलाई सर्वश्व ठानिएको छ । सहमती सहकार्य र एकतामा मात्र राष्ट्रिय स्वाभिमान कायम रहन्छ भन्दै जन्मभूमि नै स्वर्ग रहेको उद्घोष गरिएको छ ।
७. व्यापकता
‘तिमीले चिनेको चौपारी हुँ’, ‘आग्रह’, ‘असहयोग’, ‘कल्पवृक्ष’, ‘फैसला’, ‘सुदर्शन चक्र’ शीर्षकका कविताहरु युगीन चेतनाले व्याप्त रहेका छन् । यी कविताहरु परिवर्तनको संवाहकको रुपमा आएका छन् । कविताका अर्थहरुलाई बहुआयामिक रुपमा लिन सकिन्छ । अर्थात कविताले व्यापक सन्देशहरु दिएका छन् । जस्तै : तिमीले चिनेको चौपारी हुँ । म एउटा सि·ो पिपल हुँ । म एउटा सिंगो स्वामी हुँ ।’
८. सामाजिकता
‘म त पुतली बने’, ‘यन्त्र मानव’, ‘फैसला’, ‘बहिनीलाई हतियार’, ‘अपराध बोध’ शीर्षकका कविताहरु सामाजिकरणका उदाहरणीय प्रस्तुतीहरु हुन् । यी कविताहरुमा सुधारवादी चेतना हुनुका साथै सामाजिक समताका लागि आÞवान गरिएको छ । स्वतन्त्रताको माग गरिएको छ । सामाजिक–साँस्कृतिक मूल्य र मान्यतालाई नखलबल्याउँदै समाज सुधारोत्मक हुनुपर्ने सन्देश दिइएको छ । ‘अपराध’ कविता मार्फत विजु पुरुष बनेर अन्ततः पुरुषप्रधान समाजले गर्ने गल्ती कथात्मक शैलीमा स्वीकार गरेकी छिन् ।
९. कलाकारिता
‘आमा त्यसैले म आउँदिन है’, ‘मेरो पाल्पा मेरो स्वर्ग हो’, ‘सत्यम्, शिवम् सुन्दरम्’, ‘मेरो घाम’, ‘लक्ष्मीको कलम’ शीर्षकको कवितामा कविको आध्यात्मिक एवं साहित्यिक कलाकारिता प्रकटित भएका छन् । समग्र चालीसवटै कवितामा चित्रात्मक प्रस्तुती राखिनु पनि कला साहित्य चेतनाले ओतप्रोत हुनु हो । मकर संक्रान्ति, श्री स्वस्थानी पर्व, वरपिपल, बुद्ध, श्रीनगर, भैरवस्थान, रम्भादेवी, रानीमहल लगायत पाल्पाका ऐतिहासिक साँस्कृतिक सम्पदाहरुको स्मृति गर्नु विजुको भाषा कला संस्कृति र साहित्य प्रतिको मोह हो । यी मोहहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएका छन् ।
१०. सम्भाव्यता
‘छाँया विरोध’, ‘फूल बोकेर हिड्ने मान्छे’, ‘इतिहास लेखिदिन्छौ र मालिक’, ‘बुद्धको नयाँ अवतार’, ‘मेरो सपनाको राजकुमार’, ‘ज्योति जलाएर आउ’, ‘मेरो घाम’ शीर्षकका कविताहरु मार्फत सम्भावनाको खोजी गरिएको छ । संघर्ष परिवर्तन र भविष्यप्रति आशावादी रहन सिकाएको छ । सामाजिक विकृति र विसंगतीहरु देख्दा खिन्नता आएता पनि अन्ततः आशाले नै सम्भावनाहरुको परिपूर्ति हुँदै जाने मनको वैचिœयतालाई प्रस्तुत गरिएको छ ।
११. जीवन चेतना
‘त्रिपक्षीय गुनासो’, ‘सपनाको बिरुवा’ ‘म नारी हँु’, ‘फिर्ता देउ’, ‘प्रश्न’, ‘सहयात्री’ शीर्षकका कविताहरुमा मानवीय जीवनप्रतिको दृष्टिकोण अभिव्यक्त भएका छन् । बाबा आमा र पति प्रति गरिएको त्रिपक्षीय गुनासो, आदि र अन्त्यमाथि गरिएको प्रश्न, म नारी हुँ, आमा हुँ भनी दिइएका अभिव्यक्तिहरुले जीवन चेतनालाई छर्लङ्ग्याएका छन् ।
१२. प्रौढता
‘मातृत्व’ शीर्षकबाट सुरुवात गरी कविताहरु मार्फत थुप्रै आरोह अवरोहहरुको क्षेप्यास्त्र प्रहार गरी विद्रोही नारीको रुपमा प्रस्तुत भई हलचल गराई शान्तिको लागि कविता क्रान्ति गर्दै अन्तिम कविता ‘सहयात्री’मा टु·िएको विजुको कलममा प्रौढता झल्किएको छ । उनको अन्तिम कविताले भन्छ– ‘नारी र पुरुष सुख, दुखका साथी हुन् । एक अर्काका पूरक हुन् । सहयात्री हुन् ।’ यिनै निष्कर्षले गर्दा विजुको लेखनमा विद्धता, श्रेष्ठता, गंभीरता, उच्चता सहितको प्राज्ञिक प्रौढता देखिएको छ । ‘मातृत्व’, ‘अनुरोध’, ‘विवाह’, ‘अपराधवोध’, ‘त्रिपक्षीय गुनासो’, ‘फिर्ता देऊ’, ‘प्रश्न’, ‘सहयात्री’ प्रस्तुत ‘कविता कुञ्ज’ भित्रका उत्कृष्ट कविताहरु हुन् । अब अलिकति सुधारात्मक पक्षको कुरा गर्दा केही लामा कविताहरु अझ सम्पादित गर्न जरुरी छ । सम्पूर्ण चित्रहरु नेपाली परिवेशमा आधारित प्राकृतिक चित्राड्ढन भइदिएको भए सुनमा सुगन्ध हुने थियो । कुनै साहित्यिक संस्थामार्फत कृति प्रकाशन गरिदिएको भए अझ व्यापारीकरण हुने थियो । हरेक कविताको अन्त्यमा लेखन मिति समेत राखिएको भए कविताले ऐतिहासिक पुष्ट्याई समेत दिने थियो ।

महाकवि देवकोटाले भनेका छन्, ‘आत्म सत्यको प्रवाह नै कविता हो ।’ शब्दकोष अनुसार, ‘रुख, झाङ वा लहराद्वारा घेरिएको ठाउँ, झाङ, निकुञ्ज, लतागृह, पर्णकुटी, पर्णशालालाई कुञ्ज भनिन्छ ।’ कल्पवृक्ष भनेको देवता र दानवहरु मिलि समुन्द्र मन्थन गर्दा निस्किएको चौध महारत्नहरुमध्येको एक अनमोल रत्न हो । अन्तत : प्रकाशकीयमा भनिए जस्तै कविता संग्रह ‘कविता कुञ्ज’ नेपाली कविता साहित्यको इतिहासमा ‘कल्पवृक्ष’ बन्न सकोस् । नारीवादी कवि विजुको आगामी दिन अझ सोध खोज सोँच र ओजपूर्ण कवितामय बनिरहोस् । सम्पूर्ण शुभकामना !

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update