Shittalpati
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो

पाल्पा । कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर व्यवस्थापन समितिले परम्परा र ईतिहास नटुटोस् भनि मन्दिर परिसरमा मात्र रथयात्रा निकालेको जनाएको छ । विभिन्न पक्ष, नागरिक समाज, धार्मिक तथा साँस्कृतिक तहबाट कोरोनाको सावधनी अपनाएर विधि र परम्परा जोगाउनु पर्ने आवाज उठिरहेको समयमा आवश्यक व्यक्तिहरुको सहभागितामा मन्दिर परिसरमै भगवती जात्रा मनाइएको हो । विगतमा भगवती जात्रा हेर्नका लागि गाउँ गाउँबाट मानिसहरुको चहलपहल हुने गरे पनि यस वर्ष भने कोरोना महामारीका कारण नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरीको सानो टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणको सहभागिता रहेको थियो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवतीको विजय उत्सवको रुपमा रहेको रथलाई ३ पटक मन्दिरको परिक्रमा गरी, नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी तथा तानसेन नगरपालिकाको तर्फबाट पुजाआजा सलामी दिईसकेपछी सर्वसाधारण नागरिकको नाममा पुनः ३ पटक मन्दिर घुमाएर विर्सजन गरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । यो वर्ष मन्दिरको तर्फबाट बली दिइएको थिएन । केही मानिसले भने बली दिएका थिए । भगवती रथ यात्रा अघि मन्दिर वरपर स्यानिटाइज गरिएएको थियो ।

विस १८७१ देखी १८७२ सम्मको अंग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप विस १८७६ देखी यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्वमा विजय प्राप्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update