Shittalpati
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक

गुल्मी । हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । कलाकारहरु तिज सम्बन्धी गीतहरु सार्वजनिक गरिसकेका छन् । तिज गीत एउटा नारी बेदाना नारी भावको एउटा कथा बस्तु समेटिएको हुन्छ । यहि अनुरुप तिज गीत गाउने प्रचलन पहिलेदेखि रहिआएको छ । अहिले तिज गीतमा मौलिकतालाई ख्याल राखेर गीतमा नारीका बेदनाले समेटिएका गीतहरु पनि केहि सार्वजनिक हुने गरेका छन् ।

यसवर्ष कोरोना भाइरसले विश्व नै संक्रमणसँग लडिरहेको बेला पनि कलाकारहरुले मौलिक संस्कृतिलाई जोगाउन तिज गीतहरु बजारमा ल्याएका छन् । यसै क्रममा गायिका मञ्जु पौडेलको तिज गीत सार्वजनिक भएको छ । गायिका पौडेलले नारी भावलाई समेटेर तयार पारिएको ‘तिजैमा’ बोलको तिज गीत मार्फत व्यक्त गरेकी छन् । पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्वजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदीबहिनीहरु जम्मा भएर आफ्ना मन भित्रका पीडा पोखेर गाउने तिजका गीतहरुलाई आफ्नो गीतमा समावेश गरिएको उनको भनाई छ । गीतमा गायिका मञ्जु पौडेल र गायिका मीना निरौलाको स्वर रहेको छ । गायिका पौडेल कै आफ्नो संगीत एवं दिग्गज द्यौरालीको शब्दमा रहेको यो गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् । गीतको म्यूजिक भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलको रहेको छ । गीतमा गायिका मञ्जु पौडेल र मीना निरौला सहित इन्दु, रश्मी र भावना लगायतको अभिनय रहेको छ । गीत बीएमएस फिल्मस्को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । –प्रस्तुति : अनिल खत्री

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update