Shittalpati
गजल

मन बहादुर खत्री
इस्मा–२, मैनडाँडा, गुल्मी


गर्छु फोन लुकीलुकी माया लाएर
कुर्छु सिठ्ठी फुकीफुकी माया लाएर

वस्ती लेकको, वेसी फाँट भेटै भएन
मरिन्छ कि सुकीसुकी माया लाएर

धेरै सहे गर्जन ठूला मेघ–वर्षात् भैm
बस्नु कति झुकीझुकी माया लाएर

मैलिन्छ कि नाम कतै नधोइने हो कि फेरी
रम्नु कति चुकीचुकी माया लाएर

अनयासै वास्ना पैmलाई दुर्गन्धको दुनियाले
हिड्ने हुन् कि थुकीथुकी माया लाएर

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update