Shittalpati
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक

विष्णु पाण्डेय

पाल्पा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चलचित्र क्षेत्र पनि अस्तव्यस्त छ । कलाकारहरुले छायाङकन गरेका चलचित्र पनि प्रसारण गर्न पाएका छैनन् । चलचित्र क्षेत्रमा चर्चित नायक किशोर खतिवडाले आफ्नै निर्देशनमा कालापानी,लिपुलेक र लिम्पियाधुरा सिमा मिचेको विषय, एमसिसी र देशका भद्रगोल क्वारेन्टाइलाई व्यङग्य गर्दै देश भक्ति लघु चलचित्र परिस्थीती ल्याएका छन् ।

चलचित्र बिजि बर्मा फिल्मको ब्यानरमा निर्माण भएको हो । फिल्ममा किशोर खतिवडाको लेखन, पटकथा पनि रहेको छ । फिल्मको निमार्ता कला राई रहेकी छन् । यो लघुचलचित्रबाट देशप्रतिको माया, भारत तथा अन्य मुलुकबाट नेपाल आउने व्यक्तिहरुलाई हाम्रो समाजले हेर्ने प्रवृति,किसानका पिडालाई कसैले नबुझेको प्रति व्यङग्य गरेका छन् । उक्त लघु चलचित्र ग्रामिण परीवेशमा तयार पारिएको छ । ग्रामिण भेगमा जनताले एमसीसीको बिषयमा नबुझेका कुराहरु समाजसेवी व्यक्तिहरुले बुझाएर यसको बिरोध गर्नुपर्ने संदेश दिईएको छ ।

फिल्ममा राजन मर्हजन, मिलन तामाङ, निशान स्यानताङ पुर्ण, माया थिङ, क्षितिज लामा, राजु स्यान्ताङ, अमर थिङ जङगे श्री माया बोम्जन, विपना तामाङ लगायतको अभिनय रहेको छ । दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन सो भिडियोमा रहेको छ । कलाकार किशोर खतिवडाले देखाएको देशभक्तिलाई सबै कलाकारले आत्मसाथ गर्नुपर्दछ ।

 

 

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update