Shittalpati
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता)


-विशाल ओली(चिन्तक)


कुनै दिन छलफल हुन्छ
पञ्चहरूको विकल्प
राजाहरूको विकल्प
के हुने ?

आम नागरिक, मदन भन्छन्
सारा देशवासीहरू
शोषित पिडितहरू
अब जवज जिन्दावाद

फैलिन्छ उनको नविन विचार
धेरैलाई चित्त बुझ्छ
चुलिन्छ चर्चा मदनको
मदन दाईको जय होस्

सबैको नजर पर्यो मदनमा
कसैको आँखामा सारै बिझायो
सिध्याउने योजना बन्यो
र मारिन्छन मदन


कस्ले मार्यो होला ?
किन मार्यो होला ?
खोल्दैनन् रहस्य कोहि
आजसम्म

मदनको विचार आज
स्थापित भएको छ
अहिले पञ्चहरू र राजाहरू
दुवै छैनन्

दलहरूले शासन गरेका छन्
देशमा गणतन्त्र आएको छ
संघीयता आएको छ
जवज जजमा परिस्कृत भएको छ

खासमा नि,
मदनले काम त् गरेनन
तर विचार प्रतिपादन गरे
त्यो सवैलाई थाहा छ

मदनको योगदान
आज मदनपत्नी
देशको प्रमुक होइवक्सेको छ
राष्ट्रपति मदन पत्नीको जय होस्

मदनलाई विचारक भनु कि विचरा ?
आफ्नै पत्नी राष्ट्रकै प्रमुक हुँदा पनि
किन र कस्ले मारेको
खोज्न इच्छुक होइबक्सिन्न

राजाहरूले जस्तै
दिनहुँ गाडी फेर्नुहुन्छ
दिनहुँ साडी फेर्नुहुन्छ
रातो कार्पेट फेर्नुहुन्छ

हे बरै जे होस्
मदनको हत्यारा पत्ता लागोस
जनताले राजा फालेर
गल्ति गरिएछ नभनुन्

राणाहरूले ठिक गरेनन्
जनताले लखेटे,
पञ्चहरूले ठिक गरेनन्
जनताले लखेटे,

राजाहरूले ठिक गरेनन्
जनताले लखेटे,
हे बरै दल झन् खत्तम रछन
यस्तो नपरोस्

मदनको रगतको
सम्मान होस्
रातो कार्पेटको
इज्यत बढोस्

 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update