Shittalpati
गाउँ नै प्यारो भो आमा... (गीत)

मन बहादुर खत्री

इस्मा–२ हस्तिचौर, गुल्मी

 

गाउँ नै प्यारो भो आमा गाउँ नै प्यारो भो

विपत्तिमा पर्दा जन्म ठाउँ नै प्यारो भो

आमा गाउँ नै प्यारो भो 

 

हरियाली बन पाखा बन्धु आँखामा छन

ठूला शहर महल नजिक मन टाढा भाछन

ओल्लो घरको पल्लो घर आउनु जानु छैन

मान्छे मान्छे बीचमा यहाँ दुःख साट्नु छैन

गाउँ नै प्यारो भो आमा...........

 

रहर होइन बाध्यता थ्यो शहर आउनुको नि

कारण थियो साहुको रिण विदेश धाउनुको नि

देशमै केही गरुँ भन्थे रिण रह्यो भारी

जोखिम बढ्यो विश्वमा नै लाग्यो महामारी

गाउँ नै प्यारो भो आमा .............

 

आउँछु बाँचे गाउँघर फर्की बाजो जमिन खन्छु

आफ्नै देशमा मजदुर किसान जे–जे बने बन्छु

इच्छा जाग्यो बाबाआमा भेट्ने संगी साथी

मिलीजुली काम गरी देश उठाउँला माथी

गाउँ नै प्यारो भो आमा .............

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update