Shittalpati
बौद्ध सम्मेलनको कार्यक्रम स्थगित

पाल्पा, वैशाख १८तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६४ औं बुद्धजयन्तीको औपचारिक कार्यक्रम स्थगित भएको छ ।  विश्वर भर फैलिरहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण कार्यक्रम स्थगित भएको हो । वैशाख २५ गते (७ मे) का दिन हुन लागेको बौद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको औपचारिक कार्यक्रम सरकारको निर्देशन अनुसार स्थगित गरिएको लुम्बिनी विकास कोषले बिहीबार एक प्रेस विज्ञप्तिमा जारी गरी जानकारी गराएको छ ।

लुम्बिनी विकास कोषले यस दिन पूर्वनिधारित सबै कार्यक्रम स्थगित गर्दै भगवान गौतम बुद्धको जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गर्ने जनाएको छ । कामु सदस्य सचिव ज्ञानिन राईद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा सामाजिक दुरी कायम गर्दै बौद्ध भिक्षु तथा लामा गुहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा भने गरिने उल्लेख छ । कोषले बौद्ध आम नागरिकलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्धजयन्ती मनाउन समेत आÞवान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update