Shittalpati
अस्ताए अभिनेता इरफान खान

मुम्बई । भारतीय अभिनेता तथा बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान उपचारको क्रममा ५३ वर्षको उमेरमा निधन भएको हो । इफरान मंगलबार बिहान बाथरुममा उनी लडेका थिए । यसपछि, उनलाई उपचारका लागि मुम्बइको अस्पतालमा लगिएको थियो । स्वस्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए । इरफानले अभिनय गरेको फिल्म ’पिकु’का निर्मातारनिर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् । गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update